होटल व्यवसायी महासंघद्वारा राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु
सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र एआईसँग जोड्ने लक्ष्य काठमाडौं। होटल व्यवसायी महासंघ नेपाल (एचपीएफएन)ले सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोड्ने उद्देश्यले एकवर्षे ‘नेसनल डिजिटल लिटरेसी क्याम्पेन फर द होटल एन्ड रेस्टुरेन्ट इन्डस्ट्री’ अर्थात् राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु गरेको छ। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा सुरु गरिएको अभियानले विशेषगरी साना तथा मझौला होटल तथा रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको महासंघले जनाएको छ।
