जलवायु परिवर्तनको असरः नेपालमा बढ्दो जोखिम
साम्राज्ञी पाण्डे काठमाडौं । जलवायु परिवर्तन अब भविष्यको सम्भावित संकट मात्र नभई नेपालको दैनिक जीवन, कृषि, पानी, स्वास्थ्य तथा पूर्वाधारमा देखिन थालेको चुनौती बनेको छ। तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी तथा हिमाली क्षेत्रमा हिमनदी पग्लिने क्रमले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रमा असर पारिरहेको विभिन्न अध्ययनले देखाएका छन्। विश्व बैंकको Climate Risk Country Profile: Nepal अनुसार नेपालको औसत तापक्रम आगामी दशकहरूमा उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ।
