हर्क साम्पाङले कुटपिट गरेर घर निकाला गरेकी जेठी पत्नीलाई अंश दिनुपर्ने अदालतको फैसला
मोरङ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका तत्कालीन मेयर हर्क साम्पाङले कुटपिट गरेर घर निकाला गरेकी जेठी पत्नी दिलमाया राईलाई अंश दिनुपर्ने अदालतले फैसला गरेको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेले नवगठित श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङ्गका नाममा जारी गरेको सम्बन्ध बिच्छेदको आदेश बल्ल सार्वजनिक भएको छ । फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ। उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ।
