बाढीपहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ । नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको जनाएको हो ।
