SHARE
Kalo Pati · शुक्रबार​ ३० असो २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५ औँ महाधिवेशन: केन्द्रीय सदस्यमा डा. भद्रा पराजुली भण्डारी ३ हजार १६६ मतसहित विजयी

नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फ डा. भद्रा पराजुली भण्डारी पहिलो नम्बरमा विजयी भएकी छन्। उनले ३ हजार १६६ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन्। खस आर्य महिला समूहका लागि ७ हजारभन्दा बढी मत खसेको थियो। उक्त समूहबाट केन्द्रीय सदस्यका लागि विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।