SHARE
Kalo Pati · बिहीबार २९ असो २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीमा पनि उडान-अवतरण सहज बनाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो ।