SHARE
Kalo Pati · शुक्रबार​ ३० असो २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

काँग्रेसको १५औँ महाधिवेशनः खस आर्य महिलातर्फ डा. भद्रा पहिलो नम्बरमा विजयी

नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फ डा. भद्रा पराजुली भण्डारी पहिलो नम्बरमा विजयी भएकी छन्। उनले ३ हजार १६६ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन्। खस आर्य महिला समूहका लागि ७ हजारभन्दा बढी मत खसेको थियो। उक्त समूहबाट केन्द्रीय सदस्यका लागि विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।