हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू,
काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो ।
