SHARE
Kalo Pati · आइबार​ ९ कात्िक २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

छठ पर्वको रौनकले रंगिँदै सिरहाका बजार, बाँसका सामग्रीको किनमेल बढ्यो

काठमाडौँ । छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ। पर्वको तयारीमा जुटेका सर्वसाधारण पूजाका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुग्न थालेपछि छठको रौनक देखिन थालेको हो। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायत बाँसबाट बनेका सामग्रीको किनबेच बढेको छ।