SHARE
कालिका खबर · आइबार​ ११ असो २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीका एसपीलाई धम्की दिएको अडिओ भाइरल भएपछि भन्सार अधिकृतको जिम्मेवारी खोसियो

काठमाडौं । सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई फोनमार्फत धम्की दिएको भनिएको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ। भट्टले सशस्त्र प्रहरी बल, नेपाल ३४ नं. गण कैलालीका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीलाई फोनमार्फत धम्की दिएको संवाद सार्वजनिक भएपछि भन्सार विभागले उनलाई जिम्मेवारीबाट हटाएको हो। विभागले भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको जनाइएको छ। उनलाई गड्डाचौकी भन्सार कार्यालयको जिम्मेवारीबाट हटाउँदै विभागमा तानिएको हो।