SHARE
कालिका खबर · शनिबार १० असो २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डर सहित राहत सामाग्री वितरण

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको छ । नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडितलाई मोर्चाले ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको हो । हाम्रो मोर्चाको नेता एवं गुजरा नगरपालिका-५ को वड़ाध्यक्ष शेख जमालूदीनको अगुवाईमा सयौं पीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् ।