SHARE
कालिका खबर · शुक्रबार​ ९ असो २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

ग्रिड कनेक्सन कार्यविधिमा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा संशोधन माग गर्दै १९ बुँदे प्रस्ताव अघि सारेको छ। इप्पानले प्रस्तावित कार्यविधिले प्रसारण पूर्वाधार निर्माणमा हुने ढिलाइ, कनेक्सन प्वाइन्ट परिवर्तन, आरसीओडी/सीओडी, ग्रिड इम्प्याक्ट स्टडी, ट्रान्सफर्मर तथा प्रसारण चुहावटलगायतका जोखिम र आर्थिक भार विद्युत् उत्पादकमाथि एकतर्फी रूपमा पर्न सक्ने भन्दै जोखिमको न्यायोचित बाँडफाँट हुने गरी व्यवस्था गर्न माग गरेको हो।