होण्डाको ‘सफर’ अफर सार्वजनिक, नयाँ कार खरिदमा १० लाखसम्म नगद छुट
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि.ले ‘फेस्टिभ अफर होण्डाको सफर’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले नयाँ होण्डा कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। चाडपर्वको अवसरमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले ल्याइएको योजनामा नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बीमा निःशुल्क उपलब्ध गराइनेछ। त्यस्तै, ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता प्राप्त गर्नेछन्।
