नेवार समुदायले दशैं मनाउँछन तर घटस्थापना भन्ने शब्द प्रयोग गर्दैनन् : प्रा.डा.नरेशमान बज्रचार्य
१५असोज २०८२, काठमाडौं। नेपालमा धार्मिक दृष्टिकोणले समाजको इतिहास हेर्दा हिन्दु र बौद्ध समाज प्रमुख रहेको छ । यद्यपि पछिल्लो समयमा मुसलमान समाज र अन्य धर्मसमुदाय पनि विकसित भएका छन् । तर काठमाडौं उपत्यकाको सामाजिक र सांस्कृतिक अध्ययन गर्दा मुख्य रूपमा नेवार हिन्दु समाज र नेवार बौद्ध समाजलाई ध्यान दिनुपर्दछ ।
