‘गुन भुल्यौ पित्तलको सुन’बाट चर्चामा आएकी गायिका सारिका घिमिरेको दशैं
१५असोज २०८२, काठमाडौं। संगीतको दुनियाँमा अहिलेको पुस्तामा एक छुट्टै स्थान बनाइसकेकी गायिका, गीतकार, संगीतकार तथा अभिनेत्री सारिका घिमिरे पछिल्लो समय एकदमै चर्चामा छिन् । उनका गीतहरूले जनमानसको मन छुने मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक तहल्का मच्चाइरहेका छन् । ‘गुन भुल्यौ, पित्तलको सुन पायौ होला’ यही गीतले उनलाई लोकप्रियताको शिखरमा पु¥यायो ।
