रातो टीका क्रान्ति र सेतो टीका शान्तिको प्रतिक: पण्डित उत्तम न्यौपानेको व्याख्या
१६ असोज २०८२, काठमाडौं। वडादशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडादशैं, दशहरा, विजया दशमी आदि नामले बुझ्ने गरिन्छ । खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो ।
