SHARE
कालिका खबर · बिहीबार ८ असो २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

सिबिफिन र एनबिआईले युवा उद्यमशीलता सम्मेलन २०२६ आयोजना गर्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई)को सहकार्यमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। एआई, युवा उद्यमशीलता र भविष्यको रोजगारीलाई मुख्य विषय बनाएर आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलन आयोजना गर्ने सम्बन्धमा सिबिफिन र एनबिआईबीच गत सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।