नेपाल इन्स्योरेन्स कम्पनी ८०औँ वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७९औँ वार्षिकोत्सव पूरा गर्दै आजदेखि ८०औँ वर्षमा प्रवेश गरेको छ। लामो इतिहास बोकेको कम्पनीले निर्जीवन बीमा क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आफ्नो ८०औँ वर्षको यात्रा सुरु गरेको हो। नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले उद्योग परिषद्बाट वि.सं. २००६ सालमा इजाजत प्राप्त गरेको थियो। त्यसपछि वि.सं. २०१६ सालमा कम्पनीको नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड कायम गरिएको थियो।
