बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकको ८० प्रतिशतसम्म कर्जा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकले बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ।
