SHARE
कालिका खबर · बिहीबार ८ असो २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुँदै, १०० भन्दा बढी स्टल रहने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनलाई केन्द्रमा राख्दै हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पोलाई निजी क्षेत्रकेन्द्रित ऊर्जा क्षेत्रको ठूलो वार्षिक कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरिएको हो। आयोजकका अनुसार ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान तथा नीतिगत बहससम्म ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने उद्देश्य एक्स्पोको रहेको छ।