SHARE
पर्दाफास · बिहीबार ८ असो २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

रास्वपा सांसदले सरकारलाई सोधिन्- जेनजी आन्दोलनमा पक्राउ परेकाहरू छोड्न कसको निर्णय कुरेको ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेनजी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।