SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला

धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ ।