SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने

ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।