विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
गैरआवासीय नेपाली संघ(एनआरएनए)क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। विदेशमा बसोबास गर्दैमा नेपालीले आफ्नो देशप्रतिको माया, जिम्मेवारी र सम्बन्ध नत्याग्ने उल्लेख गर्दै उनले वंशजको नागरिकता निरन्तरताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
