मिथिलामा धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदै, यस्तो छ महत्व
मिथिलासहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ । दुर्गापूजाको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमालाई मिथिला क्षेत्रमा विशेष हर्षोल्लासका साथ मनाउने परम्परा छ । यसलाई शरद् पूर्णिमा पनि भनिन्छ । आजको दिन चन्द्रमा सोह्र कलाले पूर्ण हुने भएकाले यसको विशेष धार्मिक महत्व रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए ।
