SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

व्यवसायीको गुनासो- दशैँमा सोचेजस्तो व्यापार भएन

यस पटकको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । काठमाडौंको न्युरोड, ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरुले यस पटकको दशैंमा कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको गुनासो गरेका हुन् । गत वर्षहरुमा न्युरोड तथा पाटन क्षेत्रमा दशैँभर किनमेल गर्नेको बाक्लो भीड हुने गर्दथ्यो । व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्दथे ।