SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले व्यहोर्ने

सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो ।