दशैँपछिको पहिलो कारोबारमै नेप्से ओरालो, चार अर्बको कारोबार
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार १६८ मा कारोबार भएको थियो ।
