SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

रोचक संयोग : कक्षा ८ का विद्यार्थी आज मुख्यमन्त्री, २९ वर्षपछि उनै शिक्षकले गरे स्वागत

हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखिएको छ । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही अहिले एउटै मञ्चमा देखिएका छन् । विसं २०५४ सालमा यही विद्यालयमा बोगटीले शाहीलाई कक्षा ८ मा पढाएका थिए ।