ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंक लिमिटेड लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ। बैंकले सन् २०२४ र २०२५ पछि सन् २०२६ मा पनि उक्त अवार्ड प्राप्त गरेको हो। यससँगै ग्लोबल आइएमई बैंकले लगातार तीन वर्ष अन्तर्राष्ट्रियस्तरको यो सम्मान प्राप्त गरेको छ।
