SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज तोलाको ११ हजार ७०० रुपैयाँले घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कार्तिक २ गते सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।