SHARE
लोक पथ · बुधबार १५ असो २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

टल्किए हिमाल, लाग्यो दसैँ, खुल्यो काठमाडौं [फोटो फिचर] 

काठमाडौं । आज महानवमी । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) नेपालीहरुको घर आँगनमा आइसकेको छ । कर्मथलो बनाइरहेकाहरु अहिले गाउँ फर्किएसँगै काठमाडौं उपत्यकासहित सहरुहरु सुनसान छन् । घमाइलो भाम लागेको छ ।  हिमालहरु टल्किएका छन् । सहरका चोक चोकमा लिङ्गे पिङ मच्चिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म दसैँमा रमाइरहेका छन् ।