झापामा चट्याङ लागेर महिलाको मृत्यु
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–३ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवलाई आज बिहान करिब ११ बजे खेतमा बाख्रा लिन गएका बेला चट्याङ लागेको थियो ।
