टीकाको साइत ११:५३ मा, सर्वसाधारणले साइत कुर्नु नपर्ने
काठमाडौं । आज हिन्दु नेपालीहरूको महान् चाड बडादसैँ मान्यजनका हातबाट हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । घटस्थापनामा स्थापना गरिएको घडाबाट विधिपूर्वक अभिषेक गरी देवीको प्रसादको रूपमा टीका र जमरा थापेर मनाइने गरिन्छ । यस वर्षको दसैँको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट जाँदा रहेको छ ।
