SHARE
कालिका खबर · बिहीबार ८ असो २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

कास्कीमा पदयात्रा रोक, ४ बजेपछि ग्रामीण सडकमा गाडी नचल्ने

पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले यातायात, पर्यटन, विद्यालय तथा नागरिक गतिविधि सञ्चालनको मापदण्ड बनाएको हो । बिहीबार बिहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न क्षेत्रगत निर्देशन दिइएको छ ।