दसैँको टीका लगाउँदा को कता फर्कने ? यस्तो छ पञ्चांग समितिको निर्णय
काठमाडौं । आज हिन्दुहरूको महान् चाड विजय दशमीको दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यसै दिनलाई दसैँको विशेष दिनका रूपमा मनाइन्छ । यस वर्ष टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट जाँदा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
