असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । आगामी असोज १७ गते देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना भएपछि नदीमा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह समेत गरेको छ ।
