SHARE
लोक पथ · बिहीबार १६ असो २०८२ ०१:५३ AM · 1 मिनेट पढाइ

आज दिउँसो बागमती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । आज दिउँसो बागमती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो नै केही स्थानमा भारी वर्षा हुनसक्ने जनाएको हो । महाशाखाले असोज १६ गते बिहान जारी गरेको मौसम पूर्वानुमानमा आज दिउँसो सबै प्रदेशमा मौसममा बदली रहने जनाएको छ ।