कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ ।डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अल-इन-वन अपरेटिङ सिस्टम’का रूपमा यो प्लेटफर्म सार्वजनिक गरिएको हो। विश्वव्यापी रूपमा ४०० अर्ब डलरभन्दा बढी आकार ओगटिसकेको क्रिएटर इकोनोमी नेपाललगायत विश्वभर अझै पनि धेरै हदसम्म म्यानुअल प्रक्रियामै निर्भर छ। कन्टेन्ट क्रिएटरहरूले स्पोन्सरसिप पाउन सामाजिक सञ्जालमा म्यासेज पठाउने, व्यक्तिगत पहुँच खोज्ने र पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्ने झन्झट व्यहोर्दै आएका छन्।
