अपहरण मुद्दाको अनुसन्धानका क्रममा गाडिएको अवस्थामा मानव कंकाल फेला, २ जना पक्राउ
झापा । झापाको काँकडभिट्टामा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (प्रनाउ) रञ्जन अवाका अनुसार ललितपुर साविक मिखेल हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए । उनी हराएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन् ।
