SHARE
लोक पथ · बिहीबार १६ असो २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

न्यायाधीश भोला ढकाललाई बहिष्कार गर्ने बारा जिल्ला बारको निर्णय

काठमाडौं । बारा जिल्ला अदालत बारले न्यायाधीश भोला ढकालको इजलास बहिष्कार गर्ने भएको छ । बारले असोज १५ गते विज्ञप्ति जारी गर्दै इजलास बहिष्कारको निर्णय गरेको हो । न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश गर्दा बिचौलियासँग मिलेर भारतीय नागरिकलाई धरौटीमा छाडेको विषय आएको भन्दै छानबिन पूरा नभएसम्म ढकालको इजलास बहिष्कार गर्ने जनाएको छ ।