SHARE
लोक पथ · बिहीबार १६ असो २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

घरघरमा दसैँको टीका लगाइँदै, अधिकांशले लगाए साइतमै टीका

काठमाडौं । विजया दशमीको अवसरमा आज घरघरमा टीका लगाइँदै छ । आफूभन्दा ठुला र मान्यजनबाट आजदेखि टीका लगाएर आशीर्वाद लिने गरिन्छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम हुने निर्णय गरेको थियो ।