रोमाञ्चक खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित
काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ । मलेसियाको बेयुमास ओभलमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपाल तीन रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाउँदा कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाएकी थिइन् ।
