दसैँको दक्षिणा : रमाइलो मात्र होइन, भविष्य निर्माणको अवसर पनि
काठमाडौं । नेपाली हिन्दूहरूको महान चाड दसैँ सुरु भएको छ । दसैँ भन्ने बित्तिकै मान्यजनबाट प्राप्त हुने आर्शिवादसहित टीका, जमरा र दक्षिणा पनि जोडिएर आउँछ । दसैँतिहार जस्ता चाडपर्वहरुसँगै जोडिएर खर्चको पनि कुरा आउँछ । परापूर्वकालदेखि नै दसैँमा टीकासहित दक्षिणा पनि एक महत्वपूर्ण पाटो हो ।
