नेपालीका लागि दुखेको यो दसैँ
काठमाडौं । माहोल दसैँको छ, सँगै छ राजनीतिक उथलपुथल र नयाँ ढंगले मुलुक उठ्ने अपेक्षा पनि । यतिबेला राजनीतिक दलका शुभकामना आदानप्रदान कार्यक्रम हुने मौसम चलिरहेको हुन्थ्यो यदि जेनजी आन्दोलन र त्यसको असर नपरेको भए । एकातिर देश रमझममा छ, अर्कोतिर शहीद, घाइते परिवार र व्यक्तिगत सम्पत्ति तोडफोड हुनेहरूको पीडा पनि उस्तै छ ।
