SHARE
कालिका खबर · मङगलबार ६ असो २०८३ ०५:३० PM · 1 मिनेट पढाइ

अन्सारीको कडा प्रश्न– ‘बदल्यौ कांग्रेस’ कि पुरानै शैलीको नयाँ रंग ?

काठमाडौं । सुनसरी–४ का डा. अबुल हुसेन अन्सारीले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको राजनीतिक सक्रियता र कांग्रेसको पुस्तान्तरणको विषयलाई लिएर प्रश्न उठाएका छन्। अन्सारीले सामाजिक सञ्जालमार्फत ‘होसियार सुनसरीवासी! फेरि उही पुरानो खेल त सुरु हुँदै छ?’ भन्दै कार्की पुनः केन्द्रीय प्रतिनिधि बनेको विषयमा टिप्पणी गरेका हुन्। उनले कार्कीलाई पुनः केन्द्रमा ल्याइनु कांग्रेसमा भनिएको पुस्तान्तरण र परिवर्तनसँग कति मेल खान्छ भन्ने प्रश्न गरेका छन्।