रसुवा बाढी : सुनचाँदी रत्न व्यवसायी महासंघबाट २५ हजार दरमा राहत वितरण
काठमाडौं । देशभर हालै गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकलाई राहत वितरण गर्न नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुर गरेको छ । महासंघका महासचिव तथा राहत सङ्कलन तथा व्यवस्थापन अभियान संयोजक निरबहादुर विश्वकर्माको नेतृत्वमा ४० लाख रुपैयाँभन्दा बढीको राहत कोष सङ्कलन भइसकेको छ । रसुवा बाढीमा पीडित बनेका २२ जान सुनचाँदी व्यवसायी र कालिगढलाई यसरी संकलन भएको रकममध्येबाट २५ हजार रुपैयाँका दरले हस्तान्तरण रसुवा पुगेर हस्तान्तरण गरिएको छ ।
