भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको नि:शर्त रिहाइका लागि आह्वान
काठमाण्डु – नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइरहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटानी राजनीतिक बन्दीहरूको नि:शर्त रिहाइको माग गरेका छन् ।
