भक्कानिँदै सांसद खतिवडाले भनिन्- जेन्जीले न्याय पाए एक सेकेन्डमा पदबाट राजीनामा दिन्छु
काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्री प्रतिनिधिसभाको बैठकमा भक्कानिएकी छिन् । उनले जेनजी शहीदले अझै न्याय पाउन नसकेको भन्दै भक्कानिएकी हुन् । उनले शहीद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारलाई आग्रह गरिन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी शहीद रसिक खतिवडाकी आमा खतिवडाले शहीदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन् ।
