यातायात क्षेत्रका विकृति र चालकको सुरक्षामा सरकार गम्भीर बन्नुपर्छ : नेकपा
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले यातायात क्षेत्रमा देखिएका बेथिति र चालकमाथिको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक यातायातको सुरक्षा र नियमनमा सरकारले तत्काल ठोस कदम चाल्न माग गरेका हुन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राजधानी यातायात विभाग अगाडि सोमबार बा ५ ख ४२७४ नम्बरको बसको चालक र ट्राफिक प्रहरीबीच विवाद भएको उनले बताए । सो घटनामा चालकले नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा भएको विवादमा केही समयपछि सोही बसमा आगलागी भयो।
